टोखामा सामुदायिक विधालयको अवस्था रुपान्तरण भएको छ,नगर प्रमुख अधिकारी

काठमाडौ । टाोखा नगरपालिका मेयर प्रकाश अधिकारीले टोखा नगरपालिका भित्रका विधालय को अवस्था रुपान्तरण भएको बताएका छन। खबर एजुकेसनले साउथवेस्टन कलेजमा गरेको स्थानीय तह र प्रध्यानध्यापकको भुमिका बारे अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले टोखा नगरपालिकामा शिक्षा क्षेत्रको विकासका लागि आफू काम गरिरहेका छौ। उहाँ ले भने पहिलो कुसल सगठक भएको सामुदायिक स्कुलको शिक्षा गुणस्तरीय भएको र शिक्षा एउटा विकासको आधार स्तम्भ हो । उहाँले भने टोखा नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो लगानी गर्छौ र सामुदायिक विधालयले शैक्षिक गुणस्तर वृद्धि गरि लाने योजना हुनुपर्ने छ र यसका लागि स्थानीय सरकार सधै लागिरहने छ।