एमाले काठमाडौंले महंगी र भ्रष्टाचारविरुद्ध आज बाट हस्ताक्षर अभियान संचालन गर्दै
काठमाडौ । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटिले महंगी र भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियान संचालन गर्ने भएको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै हस्ताक्षर संकलन गर्न लागेको जिल्ला अध्यक्ष दिपक निरौलाले बताउनु भयो ।
साउन २० , २१ र २२ गते सो अभियान राजधानीको टोल टोल गल्ली गल्लीमा संचालन गर्ने र सो प्रयोजनका लागी मातहतका नगर कमिटि , वडा कमिटि र जनसंगठनहरुलाई परिचालन गरिने अध्यक्ष निरौलाले बताउनु भयो ।
नेकपा एमाले काठमाण्डौले हस्ताक्षर संकलन संगै सरकारले गरेका गलत र जनविरोधी कामको भण्डाफोर समेत गरिने जानकारी दिएको छ।
एमालेले आम सर्वसाधारणलाईसमेत सहभागिताका लागि आह्वान समेत गरेको छ।
महंगीविरूद्ध यही साउन १६ गते ऐमालेले बिशाल जनप्रदर्शन गरेको थियो।