कांग्रेङस प्रवक्ता महतले गरे नुवाकोटको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नुवाकोटको क्षेत्र नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । 

उहाले साउन २४ गते मंगलबार राति परेको भीषण बर्षाको कारण नुवाकोट क्षेत्र नं १ को तादी, दुप्चेश्वर, पञ्चकन्या र लिखु गाउँपालिकामा आएको पहिरो र बाढीले पुर्याएको क्षतिको निरीक्षण गरी पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्नुको साथै प्रभावितहरुको राहत र पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत,संभार पुनर्निर्माण,क्षति मूल्यांकन र क्षतिपूर्तिको सम्बन्धमा स्थानीय नागरिक, जनप्रतिनिधि, जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरुसंग परामर्श गर्नुभएको काङ्ग्रेस प्रवक्ता डा प्रकाशशरण महतको सचिवालयले जानकारी दिएको छ।