नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय प्रचार विभागको बैठक सम्पन्न

काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रीय प्रचार विभागको बैठक सम्पन्न भएको छ ।
बुधबार बसेको विभागको तेस्रो पूर्ण बैठकले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित प्रचार योजना बनाउनुको साथै प्रचार विभागका पदाधिकारी र सदस्यहरूको कार्य विभाजन गरिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताउनु भयो ।
विभागका प्रमुख जगन्नाथ खतिवडाको अध्यक्षतामा उपप्रमुखहरु शम्भु श्रेष्ठ,दामोदर अर्याल सहित विभागका सदस्यहरुको सहभागिता थियो ।