ट्राफिक प्रहरीको विशेष चेकिङ ,अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारवाहीमा

काठमाडौ ।अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले आज देखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिएको छ । काठमाडौंको कीर्तिपुर स्थित टि.यु गेट नजिकै आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।        चेकिङ्गको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बाङ्गो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनको स्वरुप परिर्वतनको कसुरमा कारवाही गरेको हो । यस्तै, हेड लाईट ठिक नभएको एउटा र अवस्था ठिक नभएको ५ ओटा टाटा सुमोका चालकलाई कारवाही गरिएको छ ।
चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ति ठिक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डि. आई गाडीका ८ जना चालकलाई पनि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आजबाट अभियानलाई तिव्रता दिईएको हो । आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठिक नभएको सवारी साधन चलाएको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही हुनेछ ।