आफ्नो निर्वाचन क्षेत्रमा लाग्नुहोस,अध्यक्ष नेपाल

काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा  जान निर्देशन दिनुभएको छ ।

युवा संघ नेपालले बुधबार  आयोजना गरेको महाकाली  मेची जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेता तथा कार्यकर्ताहरूलाई आआफ्नो निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको हो । अध्यक्ष नेपालले भन्नुभयो , ‘यो काठमाडौंमा पलेटी कसेर बस्ने काम नगर्नुहोस्, आ आफ्नो जिल्ला जानुहोस् , आ आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस् ।’

प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभएपनि समानुपातिकमा भोट खसाल्नै पर्ने भन्दै उहाँले , ‘जिल्ला जान मात्रै ठूलो कुरो होइन, तपाईं उम्मेदवार बन्ने हो कि होइन, त्यो ठूलो कुरा होइन । पार्टीको पक्षमा मत खस्ने कि नखस्ने कुरा ठूलो हो । त्यहाँ पार्टीको पक्षमा मत खसाल्न लगाउनुपर्ने हुन्छ । प्रत्यक्ष उम्मेदवार छ भने प्रत्यक्ष उम्मेदवारको पक्षमा, प्रत्यक्ष उम्मेदवार छैन भने पनि समानुपातिकमा भोट खसाल्नै पर्ने हुन्छ ।’

302595879_768515397770831_2422102516041999048_n1661941413.jpg

अध्यक्ष नेपालले  गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्ने पनि बताउनु भयो  । मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौं भोट गुमाएको उहाँको भनाई थियो ।  अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर कसैको निम्ति भर्‍याङ मात्र नहुनेसमेत बताउनु भयो ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले खेलेको भूमिकाको अवमूल्यन गर्न खोजिए,  जम्मै सीट आफूले लिने, उब्रेको हामीलाई दिने भन्नेकुरा  स्वीकार्य नहुने बताउनु भयो  ।

१६ भाद्र २०७९, बिहीबार