एमालेबाट काठमाडौ क्षेत्र न ६ प्रतिनिधिसभामा सिफारिस माता प्रताप थापा को हुन त?

काठमाडौ । यतिबेला देसभर राजनीति दलहरुले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको लागि धमाधम उम्मेदवार नामवलि सिफारिसमा लागिरहेका छन । यसक्रममा नेकपा एमालेले पनि भदौ १५ गते काठमाडौका १० वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।त्यस्तै काठमाडौ क्षेत्र न ६ मा एमालेले ७ जनाको नाम सिफारिस गरेको छ। को हुन त माता प्रताप थापा ? माताप्रताप थापा तारकेश्वर नगरपालिका वडा न ११ नेपालटारका स्थानीय बासि हुन। थापा अहिले नेकपा एमाले तारकेश्वर नगर कमिटीमा उपसचिव छन। माताप्रताप थापा काठमाडौको उतरिभेगमा समाजसेवी र जनताको हरेक समस्यामा सहयोग गर्ने नेताका रुपमा परिचित छन। थापा राजनीतिमा समाजसेवा गर्छु भनेर आफू लागिएको बताउछन। थापा कोरोना भाईरसको महामारीको समयमा जनताको घर घर पुगि जनतालाई परेको समस्याको समधान गर्थे । थापा आम युवा पुस्तहरु र काठमाडौ क्षेत्र न ६ का जनताहरुसग सधै सुख दुखमा निरन्तर साथ सहयोग गर्ने गर्दछन।उनी जनताहरुसग सुमधुर सम्बन्ध राख्ने गर्छन् । थापा १८ वर्ष नेपाल प्रहरीको सरकारी सेवा गरेका छन। उनीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन । उनी सरकारी सेवामा रहदा युएन मिसनमा पुलिस अवभजर मोनिटर मा १ वर्ष हैटिमा पनि बसेर सेवा गरेका थिए। उनी सरकारी सेवामा रहदा विदेशका अमेरिकाकाे पनि भ्रमण गरेका छन। थापाले भने पाटिले विश्वास गरेर टिकट दिए निर्वाचन जित्ने बताए ।
१६ भाद्र २०७९, बिहीबार