काङ्ग्रेस काठमाडौ क्षेत्र न ६(ख) ले गर्यो धुलिखेलमा २दिने आवासीय प्रशिक्षण कार्यक्रम
काठमाण्डौं । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख को आयोजनामा आज देखि धुलीखेलमा दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
जनताको साथमा काँग्रेस अभियान अन्तर्गत आज देखी सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रदेश क्षेत्रीय कार्यसमिति अन्तर्गतका नगर र वडा कार्यसमितिका पदाधीकारीहरु, सदस्यहरु, काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु, निर्वाचीत जनप्रतिनिधिहरु, सहित करिब २ सय ५० जनाको सहभागीता रहेको नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय नेता, बिभिन्न विषयबिज्ञहरु लगायतले सहभागीलाई प्रशिक्षण दिने छन् । दुई दिन चल्ने आवासीय प्रशिक्षण कार्यक्रम भोली समापन हुने छ । सगरमाथा पोष्टबाट