काठमाडौ क्षेत्र न ६ प्रदेस( ख) मा उम्मेदवार सिफारिस पुरुषोतम आचार्य को हुन त ?

काठमाडौ । यतिबेला देसभर मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवारको नाम सिफारिसमा व्यस्त छन। यसैक्रममा काठमाडौ क्षेत्र न ६ प्रदेस ख का लागि नेकपा एकीकृत समाजवादी ले पनि ४ जनाको नाम सिफारिस गरेको छ। ती मध्यका एक उम्मेदवारका आकाङछि हुन पुरुषोत्तम आचार्य                                                                                                  को हुन त पुरुषोतम  आचार्य ?                                                                                                                      टोखा नगरपालिका वडा नं. ११, गोङ्गबुका स्थाइ बासिन्दा हुन, पुरुषोत्तम आचार्य । उनी हाल नेकपा ( एकीकृत समाजबादी ) काठमाडौ जिल्ला कमिटीका सदस्य तथा क्षेत्र नं. ६ प्रदेश ख कमिटीको सचिवको जिम्मेवारीमा छन । २०५८ बाट अनेरास्ववियुको कमिटीमा जिम्मेवारी लिदै ग्रामीण आदर्श बहुमुखी क्याम्पस कमिटीको सचीव हुँदै २ कार्यकाल अध्यक्ष तथा २०६२ को स्वबियु निर्बाचनमा सचिव पदको उमेदवार र २०६५ को स्वबियु निर्बाचनमा अनेरास्ववियुको तर्फबाट सभापतिको उमेदवार भएका बिद्यार्थी नेता हुन । दुई दशक युवा आन्दोलनमा लागेका उनी युवा संघ नेपालको हाल स्थाइ कमिटी सदस्य जिम्मेवारीमा छन् । साथै पेशागत आन्दोलनमा श्रमिक बर्गको हकहितका लागि समेत निरन्तर लागिरहेका खरो, निडर र हक्की स्वभाबका नेता हुन ।
ग्रामीण बिकासमा स्नातकोत्तर गरेका आचार्य सामाजिक सेवामा सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गोङ्गबुको हाल कोषाध्यक्ष पद सम्हाल्दै प्रहरी संगको सहकार्यमा सामाजिक अपराध न्यूनीकरणका लागि अभियान चलाइरहेका सामाजिक अभियान्ता हुन । उनि २०७२ को महाबिनासकारी भुकम्प बेला होस या कोरोनाको महामारीमा जनताको घरदैलोमा पुगेर जनतालाइ सहयोग गर्ने, वडाको राहत बितरण समितिमा बसि दुई छाक खान अप्ठेरोमा परेका जनतालाई सहयोग गर्ने अभियान्ता हुन ।क्षेत्र नं.६ मा दुइ दशक देखि निरन्तर विभिन्न कमिटीमा रहि बिगतमा भएको निर्बाचनमा पनि सक्रिय भुमिका निर्बाह गर्दै अगाडि बढेको हुँदा यस क्षेत्रको जनतासामु परिचित युवा नेता हुन । क्षेत्र नं.६ प्रदेश २ को समग्र बिकासका लागि , अबको राजनितीमा पुस्तान्तरण सहित युवा नेतृत्व स्थापितका लागि पार्टीले बिश्वास गरेर आफुलाइ टिकट दिए आम मतदातको सहयोगमा जनताको शासक हैन सेवक बन्नका लागि निर्बाचन जित्नेका आफू ढुक्क रहेको आचार्यले बताए ।