नेकपा एमालेबाट नुवाकोट क्षेत्र न १ को (ख)मा उम्मेदवार पुर्णलाल श्रेष्ठ सिफारिस
काठमाडौ । यतिबेला देसभर राजनीति दलहरूलाई मङ्सिर ४ गते हुने प्रदेस तथा प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवार को नाम सिफारिस गर्ने लागि रहेका छन। यसै क्रममा नुवाकोट जिल्लामा नेकपा एमालेले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ १ जना र समानुपातिकमा सात जनाको नाम सिफारिस भएको छ । शुक्रबार भएको प्रदेश समन्वय कमिटीको बैठकले प्रत्यक्ष र समानुपातिक दुबैमान नामहरू सर्वसम्मत सिफारिस गरेको हो । प्रत्यक्षमा प्रदेश कमिटीका सदस्य तथा नेकपा एमाले शहरी विभाग केन्द्रीय सदस्य पूर्णलाल श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिकको सूचीका लागि राजु लामा, केशर सेञ्चुरी, मुकुन्द आचार्य, दुर्गा पुडासैनी, विमला कार्की, सानुमाया तामाङ र कल्पना न्यौपानेको नाम सिफारिस गरेको छ ।
१८ भाद्र २०७९, शनिबार