नेकपा एमाले बाट नुवाकोट क्षेत्र न १(ख)मा समानुपातिकमा बिमला कार्की थपलिया सहित ७ जनाको सिफारिस

काठमाडौ । यतिबेला देसभर राजनीति दलहरु मङ्सिर ४ गते हुने प्रदेससभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तथा समानुपातिकमा नाम सिफारिस गरिरहेका छन। यसै क्रममा नेकपा एमाले नुवाकोट निर्वाचन क्षेत्र न १ ख को समानुपातिक मा समानुपातिकको सूचीका लागि विमला कार्की थपलियाले दावि गरेका छिन। तेस्तै समानुपातिकमा राजु लामा, केशर सेञ्चुरी, मुकुन्द आचार्य, दुर्गा पुडासैनी ,सानुमाया तामाङ र कल्पना न्यौपानेको नाम सिफारिस गरेको छ । विमला कार्कीले तारकेश्वर अनलाइन सँग भनिन् मैले २०५४ सालदेखि एमाले विधार्थी सगठन अनेरास्ववियु प्र क देखि काम गरेको हु र नुवाकोटको भूगोलमा पार्टीको लागि थुप्रै अबसरहरुमा त्याग गरेको छु।अबत मलाई पनि पार्टीले सहि मुल्यांकन गरेर अबसर दिनुपर्छ र म पाटिको लागि सधै सक्रिय राजनीति र समाजसेवा तथा सामाजिक काम र जनताको हरेक समस्यामा रहेर काम गरिरहेको छु ।