राजु गुरुङ्गकाे विष्णु पौडेललाइ प्रश्न “राजधानीसँग अर्थमन्त्री साट्नुभयो, चुनाव कसरी लडनुहुन्छ “

काठमाडौ भदौ १९ । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीबाट निर्वाचन लड्नै नैतिकता गुमाएको आरोप लगाएका छन । पार्टी निकटको युवा संघ नेपालको महाकाली–मेची अभियान टोलीलाई आईतबार बुटवलमा स्वागत गर्दै नेता गुरुङले यस्तो बताएका हुन । उनले लगातार तीन पटकसम्म रुपन्देहीबाट निर्वाचित पौडेलले जनताको समस्या सम्बोधन नगरेको आरोप लगाए ।
उनले पौडेलले २०७४ सालको निर्वाचनमा बुटवललाई स्थायी राजधानी बनाउने चनुावी वाचा गरेपनि अर्थमन्त्रीसँग राजधानी साटेको बताए । ‘२०६४ सालदेखि विष्णु पौडेलले चुनाव जित्नुभयो, सधैं जनता ढाँटनुभएको छ’ रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट प्रनितिधिसभाका आकांक्षी समेत रहेका गुरुङले भने । उनले बुटवलका सुकुम्बासी जनतालाई लालपूर्जा दिन्छु भनेर भोट मागेर वालुवाटारमा आफ्नो छोराको नाममा लालपूर्जा निकालेका कारण पौडेलले रुपन्देहीबाट चुनावी लड्ने नैतिकता गुमाएको बताए । ‘अग्रेज फौजलाई हराएको जितगढीलाई साक्षी राखेर भन्छु, अब संविधान मास्ने, गणतन्त्रलाई धरापमा पार्ने शक्तिको पराजय हुने दिन आइसक्यो’ उनले भने ।
प्रदेश कमिटि सचिव समेत रहनुभएका नेता गुरुङले एमालेले विभिन्न टोली मार्फत सर्वेक्षण गर्दा निर्वाचन हार्ने देखिएकाले अत्तालिएको बताए । उनले भने –‘अब भ्रम, जालझेलको राजनीति चल्दैन’ उनले भने । उनले विगतमा आफु सहितका नेताहरु खटिएर विष्णु पौडेललाई जिताएको बताए ।
गुरुङले अब युवाहरुले देशको नेतृत्व समाल्ने बेला आएको बताए । उक्त अवसरमा युवा संघ नेपालका इन्चार्ज दिलु पन्तले अब परिवर्तनकारी शक्तिले पश्चगामी शक्तिलाई हराउने बेला आएको बताईन । उनले आफुहरुले समाजवाद स्थापनाका लागि युवाहरुलाई गोलबद्ध गर्दै युवा जगाउने अभियानमा सामेल भएको बताईन ।
युवा संघ नेपाल रुपन्देहीले महाकालीबाट शुरु गरेको निर्वाचन केन्द्रीय अभियानलाई बुटवल जितगढी किल्लामा स्वागत गरेको हो । अग्रेज फौजलाई हराएको जितगढी किल्लामा युवा संघको टोलीलाई स्वागत गर्दै अब आफुहरुको पार्टी विजयका निम्ति होमिएको सन्देश दिन सफल भएको युवा संघ नेपालरुपन्देहीका अध्यक्ष कृष्ण थापाले बताए ।
अभियानमा सहभागीहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङ, अर्का केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेशका मन्त्री रमा घर्ती, युवा संघ नेपालका केन्द्रीय उपमहासचिव सरिता श्रीस, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष सचिव श्रीराम यादव, युवा संघ नेपालका सचिव सार्दुल कसौधन लगायतले बोलेका थिए ।