काठमाडौ क्षेत्र न १०मा अधिवक्ता गङ्गाप्रसाद भेटवालले गरे स्वतन्त्रबाट उम्मेदवारी घोषणा

काठमाडौ । यतिबेला देसभर मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा हुने क्रम बढेको छ। यसैक्रममा काठमाडौ क्षेत्र न १० प्रतिनिधि सभाका लागि गंगाप्रसाद भेटवालले उम्मेदवारी घोषणा गरेका छन।                    भेटवाल नेपाली साहित्यमा दर्शनाचार्य गरेका छन् भने जनताका बिचमा इमान्दार र बौद्धिक ब्यक्तित्वको रूपमा परिचित छन् । पूर्वीय दर्शनमा राम्रो पकड भएका भेटवाल राष्ट्रवादी छवी भएका व्यक्तित्व हुन् । भेटवालले
बिकास निर्माणको मुद्दाको साथसाथै पहिचानको मुद्दालाई जोडदार रूपमा उठाएर भाद्र महिनाको प्रारम्भबाट साँस्कृतिक जागरण अभियान सचालन गरिरहेको बताएका छन। भेटवाल भन्छन्
पार्टीहरूका गतिबिधबाट जनता वाक्क भएको अवस्थामा जनताले आफुलाई छान्ने निश्चित जस्तै भएको दावि गर्छन।