शिवपुरी ६ मा श्रमदानबाट मोटरबाटो मर्मत गर्न कार्यक्रम सञ्चालन गर्दै वडा अध्यक्ष बिष्णु श्रेष्ठ

काठमाडौ । नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेविमा श्रमदानबाट वडाका मोटरबाटो मर्मत गर्ने थालिएको छ। वडा न ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठको नेत्रित्वमा आज वडा बासिहरु युवाहरु एमाले नेता तथा गाउँपालिका अध्यक्ष प्रत्यासि जितेन्द्र विष्ट सहितले वषा पानीले क्षति गरेको सडक असोकको पसलदेखि अम्बोटे मोटर बाटो मर्मत गरेका हुन। वडा अध्यक्ष बिष्णु श्रेष्ठले भदौ १३ गते एक सुचना प्रकाशित गरि श्रमदान गर्न भनिएको थियो र श्रमदान वडा भरका सडक मर्मत गर्ने दस दिनको कार्यक्रम तालिका रहेको र भदौ २९ गते सम्म श्रमदान कार्यक्रम चल्ने छ।