युवा संघ नेपालको  महाकाली मेची युवा जागरण अभियान हेटौंडा हुँदै मधेश प्रदेश तर्फ

काठमाडौ । युवा संघ नेपालको  महाकाली मेची युवा जागरण अभियान हेटौंडा हुँदै मधेश प्रदेश प्रवेश गरेको छ । कार्यक्रम अन्तर्गत हेटौडामा विशाल जनसभा भएको थियो ।

मुख्य मन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको सभामा स्थानीय युवा तथा पार्टीका नेताहरूले अभियानमा संलग्न युवा संघ नेपालको टोलीलाई भव्य स्वागत गरेको थियो ।  कार्यक्रममा हेटौंडा उपमहानगरकी मेयर मिना लामा मा. मोना सिग्देलले ,युवा सङ्घकी दिलु पन्त सहित मकवानपुर जिल्ला कमिटी युवा संघले स्वागत गरेको थियो  ।

सभामा अभियान टोलीका कलाकार मिना विश्वकर्मा र स्वर्ण दुलालले पार्टी र युवाका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
अभियान टोलीलाई  मकवानपुरको सिमाना बारामा पूर्व मन्त्री किसान श्रेष्ठ र युवा संघ बाराका टिमले स्वागत गरेको थियो ।
अभियान टोली अव मधेस प्रदेश लागेको युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो ।