ओप्सले भदौ २९ गते तेस्रो बालगीत प्रतियोगिता गर्ने

काठमाडौ । अर्गनाइजेसन अफ प्रइभेट स्कुल (ओप्स) ले तेस्रो बालगीत प्रतियोगिता गर्ने भएको छ। बालगीत प्रतियोगिता भदौ २९ गते काठमाडौको रसियन कल्चर सभाहलमा हुने सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।           ओप्सले आफ्नो वार्षिक कार्यक्रम अनुसार इसि ए र सिसि ए गतिविधि गर्दै आईरहेको छ। ओप्सले विधार्थीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम गरिएको प्रेस विज्ञप्तिमा उल्लेख्य गरिएको छ। बालगित प्रतियोगितामा दुई लाख पचास हजार खर्च हुने र प्रथम ,दितिय ,तितृय लाई ट्रफि, मेडल र प्रमाणपत्र र उत्कृष्ट संगित र उत्कृष्ट रचनालाई पुरस्कृत गरिने र २१ ओटा विधालय सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिएकोछ।