बिदुर नगरको विकासमा साथ दिन प्रदेस सरकारलाई ध्यानाकर्षण

काठमाडौ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेज्युसंग । भेटमा मुख्यमन्त्री पाण्डेले गल्छी रसुवागढी सडक अन्तर्गत पिपलटार ढुँगे सडक खण्डको मुवाब्जा बितरण र सडक निर्माणमा देखिएकाे समस्या समाधानमा गम्भीरतापुर्बक लाग्ने प्रतिबद्धता जनाउनु भएकाे छ । साथै देबिघाटकाे संस्कृत माबीलाई आवासिय रुपमा संचालन गर्ने, देबिघाट र नुवाकाेट दरबार क्षेत्रकाे गुरुयाेजना कार्यान्वयन र घुमफिर बर्ष अन्तर्गत दुबै क्षेत्रलाई समावेश गर्न संबंधित निकायलाइ निर्देशन दिनुका साथै बिदुर ९ काे डिसिल्टयान्कमा जलबिहारकाे लागि प्रदेस सरकारले सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ । साथै बिदुर नगरपालिकाको समग्र बिकासका लागि नगरप्रमुख राजन श्रेष्ठले प्रस्तुत गर्नुभएकाे मागपत्र कार्यान्वयनका लागि संबंधित निकायमा पठाईने समेत मुख्यमन्त्री पाण्डेको भनाई छ । मागपत्रमा केहि रणनीतिक सडकहरुको स्तरोन्नति ,पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम,अटाे भिलेज निर्माण , वातावरणीय सुधार , बाढीपीडितहरुलाइ क्षतिपूर्ति र राहत लगायतका बिषयहरु समाविष्ट छन् ।नगर प्रमुख श्रेष्ठले मंगलबार नै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल र भौतिक पुर्बाधार बिकास मन्त्री कृष्णलाल भडेललाई भेट गरि बिदुर नगरको बिकास प्रयासमा साथ दिन आग्रह गरेका छन ।