अन्तर्रास्ट्रिय ओजोन दिवस नेपालमा पनि मनाइयो

काठमाडौ । नेसनल ओजन एकाइ, गुणस्तर तथा नापतौल विभागले १६ सेप्टेम्बरको दिन अन्तर्रास्ट्रिय ओजोन दिवसको अवसर पारेर काठमाडौंमा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका विद्यार्थीहरू, विभागकाका कर्मचारीहरू, पत्रकारहरू, सुरक्षाकर्मीहरूको सहभागितामा बालाजु औधोगिक क्षेत्रबाट बाइपासचोक, माछापोखरीचोक हुँदै नेपाल गुणस्तर तथा नापतौल विभागको परिसरसम्म ओजन तहको संरक्षण गरी पृथ्वीलाई बचाउँनको लागि ‘विश्व सहभागिताले नै पृथ्वीको जीवनलाई सुरक्षित गर्न सकिन्छ’ भन्ने सहितका विभिन्न नारा उल्लेखित प्लेकार्ड, ब्यानरहरूको साथमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 
उक्त कार्यक्रमा तरुण माध्यामिक विद्यालयका प्रधान अध्यापक बाबुराम न्यौपानेसहित विद्यार्थीहरू, नेपाल रेफ्रीजेरेसन एण्ड इलेक्ट्रो मेकानिकल एसोसियसन संघका अध्यक्षसहित पदाधिकारीहरू, महानगरीय प्रहरी वृत बालाजु, सशस्त्र प्रहरी र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्र, उपमहानिर्देशकहरू ज्योति जोशी भट्ट र प्रभात कुमार सिंहलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई स्कुल व्यागसमेत वितरण गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बाधन गर्दै महानिर्देशक मिश्रले, ‘यस विभागले ओजोन तह बचाउन सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको र आजको कार्यक्रम पनि यसकै निरन्तरता रहेको’, बताउनुभयो ।
कार्यक्रममा नेपाल रेफ्रीजेरेसन एण्ड इलेक्ट्रो मेकानिकल एसोसिएसन संघका अध्यक्ष बाल पुरुषोत्तम शाक्यले ओजोन तहको संरक्षणको लागि आफ्नो संस्थाले ईन्जिन, उपकरणहरूमा प्रयोग नगरी नहुने तर वायुमण्डलमा हानिकारक ग्याँस उत्सर्जन गर्ने क्लोरो फ्लोरो कार्वन र हाइड्रो क्लोरो फ्लोरो कार्वनलाई बायूमण्डलमा निस्कन र पैmलन नदिन व्यवस्थित गर्ने काम गरिरहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय रूपमा ओजोन दिवस सन् १९८७ बाट मनाउन थालिएको हो भने नेपालमा यो दिवस सन् १९९५ बाट मनाउँन थालिएको हो ।