तारकेश्वर माओवादीको नगर समितिमा जिम्मेवारी हेरफेर-अध्यक्ष राजवाहक, र सचिवमा पौडयाल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगर समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य हिमाल शर्मा, केन्द्रीय सदस्य रामबाबु फुयाल, केन्द्रीय सल्लाहकार धनलाल महर्जन लगायतको उपस्थिति थियो । बैठकले आगामी निर्वाचन र नगर समितिका पदाधिकारीहरू हेरफेर गरेको छ । नगर कमिटीको कार्यलाई चुस्तदुरूस्त गर्नका लागि बैठकले जगन्नाथ राजवाहकलाई अध्यक्षको जिम्मेवारी दिएको छ भने विनोद पौडयाललाई सचिवको जिम्मेवारी दिइएको छ । यस्तै उपाध्यक्षमा प्रकाश फुयाल, राजन विडारी र वालकुमारी वाग्ले छन् भने दुर्गा बहादुर बस्नेतलाइ सह–सचिव तथा गायक कुमार डंगोललाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।