जनताको सेवामा लाग्नु नै मेरो उद्देश्य हो: सुशील खड्का

काठमाडौ,३० असोज । नेकपा एमाले नुवाकोट निर्वाचन क्षेत्र नं १ प्रदेश (ख) का उम्मेदवार सुशील खड्काले जनताको सेवामा लाग्नु नै आफ्नो उद्देश्य भएको बताएका छन् । आईतवार काठमाडौको हार्दिक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खड्काले भने, ‘ म नुवाकोट जिल्लावासीको सुखको भन्दा नि दुखको साथी हुँ । मैले सधैं नुवाकोटमा सामाजिक सेवाको काम गरिरहेको छु ।’
खड्काले निर्वाचनमा आफु प्रदेश सभाको उम्मेदवार भएको बेला केही मान्छेले आफ्नो दुष्प्रचार गर्ने खोजेको आरोप समेत लगाए ।
३० आश्विन २०७९, आईतवार