लोकतान्त्रिक सहिद उधानमा सत्यमोहन जोशी स्मृति वृक्षरोपण

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित लोकतान्त्रिक सहिद उद्यान पार्क गागलमा वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् एवम् सम्पदा संरक्षणका प्रतिमूर्ति सत्यमोहन जोशी स्मृतिवृक्षरोपन गरेका छन्   ।

आज एक विशेष कार्यक्रमकाबीच संविधान सभा सदस्य एवम् बागमति प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले डा. जोशीको सम्झनाका लागि वृक्षरोपन गरेका हुन् । सम्पदामैत्री, साँस्कृतिक एवम् जीवनउपयोगी शिक्षा प्रदान गर्ने आर्दश व्यक्तित्व भएकोले उनले गरेका उदाहरणीय कार्यहरुको सम्झाना स्वरुप वृक्षरोपन गरेको फुयाँलले बताए । सोही क्षेत्रबाट निर्वाचित संविधान सभा सदस्य एवम् प्रदेश सभा सदस्य फुयाँलले देव्दारको वृक्षरोपन गर्दै मानव जीवनयोगी शिक्षा, असल चरित्र, उच्च आदर्श एवम् राष्ट्रलाई पु¥याएको योगदानको सम्मान गर्दै हरेक नेपाललीले स्व. डा. जोशीको पदमार्ग डो¥याउनुपर्ने बताए ।

सोही क्रममा विश्वकै अग्लो अष्टधातुबाट बनेको कागको मूर्तिमा माल्याअर्पण गरेका थिए । फुयाँलकै अगुवाईमा निर्मित उक्त कागको मूर्तिको तौल १९४०.९५ किलो रहेको छ । जनताकै घरदैलोमा गएर कवाड संकलन गरी निर्माण गरिएको उक्त कागको मूर्तिका लोकतान्त्रिक सहिद उद्यानलाई थप सुन्दरता प्रदान गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौँ क्षेत्र नंं ३ प्रदेश सभा (ख) बाट एमालेको तर्फबाट प्रत्यक्ष उम्मेद्वार समेत बनेका रामेश्वर फुयाँलले आफ्नो राजनीति समुदायमुखी रहेको उल्लेख गर्दै यसअघि गरेको कार्यको मूल्यांकनका साथ जनताले मतदान गरिनेमा विश्वास गरे । राजनीति सेवामूखी हुनुपर्छ र पारदर्शीतालाई विशेष महत्वकासाथ हेर्नुपर्ने बताउँदै चुनावका बेला कोही कसैले देखाएको लोभलालचमा नलाग्न स्थानीयहरुलाई आग्रह गरे ।

प्रदेश सभाको उम्मेद्वार फुयाँलले एक वर्षभित्र आफ्नो क्षेत्रमा स्थानीय रक्सीको ब्रण्डिङ गरेर राजस्व दायरा कायम गराउने घोषणा गरेका छन् । उनले विश्वआधुनिकतासंगै फाइबरनेटको सुविधा उपलब्ध गराउँदै गाउँठाउँमै बसेर विश्वबजारमा व्यवसायी गर्ने माध्यम बनाउने योजना प्रस्तुत गरे ।

त्यस्तै कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ वडाध्यक्ष मकुन्द गजुरेलले पर्यटकी क्षेत्र कागेश्वरीधाम र लोकतान्त्रिक सहिद उद्यानका गागलको चर्चा बढ्दै गएको बताए । दोस्रो कार्याकल दोहोरिएका गजुरेलले वडामा विकास निर्माण र सामाजिक वृद्धिविकासको काम निरन्तर बढिरहेकोले जनताले विश्वास गरेको बताए । आफ्नो वडामा विकास र निर्माणसंगै पेसा र उद्यमशीलतालाई विशेष प्राथामिकता दिदै आएका कारण जनताले विश्वास गर्ने आधार भएको बताए ।

प्रदेशसभाका लागि एमालेबाट उम्मेद्वार बनेका रामेश्वर फुयाँललाई गागलको जनताको साथ रहने विश्वास दिलाउदै निर्वाचित भएर जनताको शासक नभई सेवक बनेर काम गर्न सुझाव दिए । राजनीति र विकास निरन्तर चल्ने प्रक्रिया भएकोले विकास निर्माणसंगै उत्पादनमा आधारित अनुदान दिने कार्यको सुरुवात गर्नेतर्फ जोड दिन वडाध्यक्ष गजुरेलले सुझाव दिए