नुवाकोटमा लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवार विजयी

काठमाडौ । प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचन २०७९, मा नुवाकोटबाट छ पदमा सत्तरुढ पाच दलीय लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।                  मंसिर ४ मा भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रनिनिधि सभातर्फको दुई पद मध्ये एक–एक र प्रदेस सभातर्फको चार पद मध्ये दुई–दुई पदमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । 
निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार पाचसय ४८ मत ल्याएर बिजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चारसय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । निर्वाचित माओवादी केन्द्रका तामाङ तीन हजार एकसय १२ मत अन्तरले बिजयी हुनुभएको हो ।
उक्त निर्वाचन क्षेत्रको प्रदेस–१ मा माओवादी केन्द्रका उम्मेदवार राधिका तामाङ १६ हजार १६९ मत ल्याएर बिजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सुशीलकुमार खड्काको ११ हजार तीनसय ५० मत प्राप्त भएको छ । सोही निर्वाचन क्षत्रेको प्रदेस–२ तर्फ काँग्रेसका उम्मेदवार रमेशकुमार महत तेह्र हजार सातसय २७ मत ल्याएर बिजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठको एघार हजार आठसय ३१ मत प्राप्त भएको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नं. २
नुवाकोटको निर्वाचन क्षेत्र नं. २ मा काँग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले २८ हजार एकसय सात मत ल्याएर बिजयी हुनुभयो । निकटतम प्रतिस्पर्धीको भन्दा निर्वाचित हुनुभएका केसीको एघार हजार छसय २० मत बढी छ । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको अनुसार दोश्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ मत र तेश्रो स्थानमा रहनुभएका एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाचसय ६१ मत प्राप्त गर्नुभयो । उक्त निर्वाचन क्षेत्रको प्रदेस–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना बाह्र हजार एकसय १० मत ल्याएर बिजयी हुनुभयो । ढुङ्गानाको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशवराज पाण्डेको एघार हजार छसय ६२ मत प्राप्त भएको छ ।
नुवाकोट–२ को प्रदेस–२ मा १७ हजार दुई सय ४९ मत ल्याएर काँग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) बिजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजयसिंह लामा (तामाङ)ले नौ हजार एकसय २४ मत प्राप्त गर्नुभएको छ ।
नुवाकोटमा रहेको कुल दुई लाख ३९ हजार सातसय २६ जना मतदाता मध्ये यही मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा क्षेत्र नं. १ मा ६३ हजार पाचसय ८४ जना र क्षेत्र नं. २ मा ६७ हजार चार जना मतदाताले सहभागिता जनाएका थिए ।