निर्मल बाटिका एकेडेमीमा गणित प्रर्दशनी सुरु

काठमाडौ । टोखा नगरपालिका वडा नं ११ मा रहेको निर्मल बाटिका एकेडेमीमा गणित  विषयलाई जीवनसँग जोड्ने, गणित सिकाइमा भइरहेको कठिनाइलाई सहजतामा परिणत गर्ने र विद्यार्थीको प्रस्तुतीकरण सिकाइमा निखारता ल्याउने उद्देश्यले आयोजना गरिएको निर्मल बाटिका एकेडेमी गणित प्रदर्शनी २०७९ आज आजबाट सुरु भएको छ ।      काठमाण्डौ क्षेत्र नं ६ का नव निर्वाचित संघिय सांसद शिशिर खनालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव थापाले प्रमुख अतिथि तथा अतिथिहरुको स्वागत तथा स्टल भ्रमण गराउनु भएको थियो ।                                                                   टोखा नगरपालिका शिक्षा शाखाकी शाखा अधिकृत विजया भट्टराई, बि.ब्या.स अध्यक्ष मनोहर उप्रेती लगायतले अवलोकन गर्नुभएको उक्त कार्यक्रमको पहिलो दिन एसिया प्यासिफिक स्कुल टोखा, त्रियोग स्कुल टोखा, रोना स्कुल टोखा, बौडेश्वर माध्यमिक विद्यालय टोखा लयायतका विद्यार्थी तथा शिक्षक र उपत्यकाका विभिन्न विद्यालयका गणित शिक्षकहरुले समेत उक्त प्रर्दशनीको अवलोकन गर्नुभएको थियो । १०० भन्दा बढी स्टलमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले निर्माण गरेका आफ्नो पाठ्यक्रमसँग सम्बन्धित विभिन्न मोडेल तथा सो सम्बन्धि खेलहरुको प्रर्दशनी गरिएको छ ।                                                                                                                                          दुई दिनसम्मको लागि आयोजना गरिएको उक्त प्रदर्शनी मिति २०७९ मंसिर २४ गते शनिबार दिनको २ बजेसम्म जारी रहने तथा शनिबार विद्यार्थीका आफ्ना अभिभावक र इच्छा लागेका जो कोहीले उक्त प्रर्दशनीको अवलोकन गर्न सक्ने कुरा विद्यालय प्रशासनले जानकारी गराएको छ ।