शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा

काठमाडौ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको काठमाडौंको शंखरापुर नगरपालिका स्थित साँखुमा आयोजना हुने श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी मेलाको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ।आज शुक्रबार साँखुमा आयोजित एक पत्रकार सम्मेलननमा श्री माधव नारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले सो कुराको जानकारी दिनुभयो।

हरेक बर्ष पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमा सम्म आयोजना हुने उक्त मेला यो बर्ष यहि पौष २२ गतेदेखी माघ २२ गतेसम्म आयोजना हुने सो कार्यक्रमका संयोजक एल पि श्रेष्ठले जानकारी दिनुभयो।माधव नारायण ब्रतालुका लागी यस बर्ष पनि साँखुबाट बाहिर(पशुपती,फर्पिङ पनौती र चाँगुनारायण) जाने क्रममा उहाँहरुका सरसामान ओसार्नका लागी गाडीको समेत व्यवस्था गरिएको सो अवसरमा जानिकारी दिईयो।सो मेलामा शालिनदी यातायात प्राली, बाबा गोकर्णेश्वोर यातायात प्राली लगायतले यातायात सेवा प्रदान गर्ने र प्रत्येक गाडिमा भाडादर समेत टाँसेर सेवा उपलब्ध गराउने बताईएको छ।

शान्तिसुरक्षालाई ख्याल गर्दै शालिनदी परिसर भित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेरा तथा महानगरिय प्रहरी प्रभागबाट बिशेष प्रहरी टोलि समेत परिचालन गरिएको बताईएको छ।

हरेक बर्ष सो मेलामा ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटकहरु मेला भर्न आउने गरेका छ्न।