स्थानीय सरकारले कला संस्कृतिको संरक्षण गर्दै आईरहेको छ: अध्यक्ष थपलिया

काठमाडौँ,। नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाले स्थानीय सरकारले कला संस्कृतिको संरक्षण गर्दै आएको बताएका छन। शनिबार शिवपुरी वडा नं ६ समुन्द्रादेविमा वडा स्तरीय क्रियाशिल महिला सञ्जालले आयोजना गरेको ल्होसार विशेष सास्कृतिक कार्यक्रममा बोल्दै थपलियाले स्थानीय सरकारले शिवपुरीको विकासको लागि काम गरिरहेको गाउँपालिकमा स्वास्थ्य ,शिक्षा ,भौतिक पुर्वाधार , कृषि, पर्यटन, कला ,सस्कृति गाएत सबै क्षेत्रको विकासका लागि काम गरिरहेकाे बताएका छन।