शिवपुरी गुर्जेको कालिकादेवि माविको३५औ वार्षिकोत्सब तथा अवभिभावक दिवस सम्पन्न

काठमाडौ, । नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाँऊपालिका वडा नं ६ को गुर्जेमा रहेको कालिकादेवि मावि ले ३५ औ अविभावक दिवस तथा वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरेको छ। शनिवार विधालय प्राङगणमा भएको कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलिया प्रमुख अतिथि रहनु भएको थियो। उहाँले कार्यक्रममा मनतब्य राख्दै शिवपुरीको सामुदायिक विधालयलाई शैक्षिक गुणस्तर राम्रो बनाउन लागिरहेको बताउनु भयो।
तेस्तै गाउँपालिका उपाध्यक्ष बिर बहादुर तामाङले सामुदायिक विधालयको शिक्षा राम्रो हुन विधार्थी अभिभावक , शिक्षक,तिन पक्षको सम्बन्ध राम्रा्े हुनुर्पेने बताए। शिवपुरी वडा नं ६ का अध्यक्ष बिष्णु श्रेष्ठले आफु र्निवाचित भएर आएदेखि नै सामुदायिक विधालयको शिक्षाको गुणस्तर सुर्धान लागिएको बताए।
कार्यक्रमा विधालयका प्रध्यानध्यापक कृष्णकुमार श्रेष्ठले विधालयको अवस्था प्रगती कार्ययोजना बारे जानकारी दिएका थिए। कार्यक्रमा पुर्व वडा अध्यक्ष लालबहादुर तामाङ, सहकार्य समाजका अध्यक्ष निलकण्ठ आर्चाय, विधालयका पुर्व प्रध्यानध्यापक मुकुन्द प्रसाद पाण्डे शिवपुरीका विभिन्न विधालयका प्रध्यानध्यापकहरु अतिथि रहेका थिए। कार्यक्रमा विधालयका शिक्षक तथा विधार्थीले नृत्य गित प्रस्तुत गरेका थिए। कार्यक्रम विधालय व्यवस्थापनका अध्यक्ष दावा तामाङको सभापतिमा सम्पन्न भएको थियो।