नुवाकोटमा अखिल नेपाल महिला संघ (समाजवादी )को भेला सम्पन्न

नुवाकोट । अखिल नेपाल महिला संघ (समाजवादी ) नुवाकोट जिल्ला अधिवेशन आयाेजक भेलाले आज विदुरमा ५१ सदस्यीय सहितकाे पदाधिकारी चयन गरेकाे छ।
        अनेमसंघ केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज शान्ता थापा अधिकारीकाे अध्यक्षतामा सम्पन्न भेलाले थापालाई जिल्ला संयाेजक र सचिवमा जमुना गजुरेललाई चयन गरेकाे छ।                                                                                                                             कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी इन्चार्ज राजेन्द्रप्रसाद लाेहनीले महिलालाई घरकाे काममा मात्र हैन अवसर दिएर वडा देखि पालिका र सदन सम्म पुराउन पार्टीगत हाेस या संगठनरुपमा हाेस सबैले एकवद्वता हुनपर्ने बताउनु भयाे।                                                                                                                       लाेहनीले महिलाले लिएका हरेक नेतृत्वमा इमानदारी, अनुशासित र मर्यादित ढङ्गले आफनाे जिम्मेवारी पूरा गरेका धेरै उदारणहरु रहेकाे बताउनुभयाे। उहाँ भन्नू हुन्छ “जिल्लामा आज गठन गरिएकाे याे अनेमसंघमा आवद्ध रहेका दिदिबहिनीहरुले अब अधिकांश नेतृत्व तपाईंहरुकाे हातमा रहेकाे छ।                                                                                                                                       पार्टीको हाेस या समाजका हरेक कामका विषयमा आफूलाइ अव्वल बनाउदै लैजान शुभकामना दिन चाँहान्छु”। नुवाकोटमा अब नेकपा एकीकृत समाजवादी पार्टीकाे सबै वडा र पालिका चाडै नै गठन गराई पार्टीलाई जिल्लामा हरेक माेर्चा समाल्न तयार बनाउने भावि याेजना र रणनीति रहेकाे समेत उहाँले जानकारी दिनुभयाे।
त्यसैगरी, कार्यक्रममा केन्द्रीय परिषद सदस्य सुर्य बहादुर कडेलले महिलाकाे याे संगठनले पार्टीको मात्र नभई सिङ्गो जिल्लामा विभिन्न कार्यक्रममा आफूलाई समावेश गराउदै महिलाका हक अधिकारकाे ओकालत गर्न अब संक्षम रहेकाे बताउनुभयाे।
कार्यक्रममा, अनेमसंघ केन्द्रीय सदस्य बिना ख्याती, केन्द्रीय परिषद सदस्य यमकुमार ख्याती, कृष्ण प्रसाद दाहाल केन्द्रीय परिषद सदस्य , प्रदेश कमिटी सदस्य राजु सडाैला,पार्टी सचिव पदम उप्रेती ,जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश नेपाल, जिल्ला कमिटी सदस्य नारायण नेपाल,धनकुमारी रिजाल,सुजना खतिवडा,भावना थापा लगाएतकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे।
आजकाे भेलावाट चयनभएका पदाधिकारीहरु:
१.शान्ता थापा अधिकारी
२.जमुना गजुरेल
३.ईश्वरी नेपाल
४.नानीमैया बस्नेत
५.शर्मिला राई
६.सुजना खतिवडा
७.चम्पा तामाङ
८.सकुन्तला श्र
९.संस्कृति बिश्वकर्मा
१०.हरिमाया तामाङ
११.कमला गुरुङ
१२.कान्छी तामाङ
१३.सुमित्रा थापा दाहाल
१४.अप्सरा नेपाल
१५.सितादेवि पाेखरेल
१६.सबिता फुयाल सुनार
१७.नम्रता डंगाेल
१८.डन्डीमाया तामाङ
१९.प्रेम माया तामाङ
२०.भवानी पाेखरेल
२१.सरु मिश्र
२२.सानुमुयाँ तामाङ
२३.सारदा गजुरेल
२४.मेनुका खतिवडा
२५.शान्त रिजाल
२६.सुलाेचना डंगाेल
२७.विध्या ढकाल
२८.बिविना लामिछाने
२९.बविता नेपाली
३०.रमिला मुक्तान
३१.छितिजा बिडारी
३२.कुसुम अधिकारी
भेलाले आज ३२ सदस्यीय सहित तत्कालै बाँकी सदस्यीयहरु लाई समावेश गराई पार्टीका हरेक कार्यक्रममा समावेश गराउने उदेश्य रहेकाे संयाेजक शान्ता थापा अधिकारीले जानकारी दिनुभयाे।