पौडीखेल्नका लागि उत्कृष्ट गन्तव्य टोखा केब मिनि फन पार्क
काठमाडौँ,। काठमाडौमा हल्का गर्मी बढदैछ। त्यसैमा झन व्यस्त जिवनशैलीले मानिसमा तनाब थपिएको छ। यस्तोमा मानिसलाई चाहिएको छ आन्नद , स्फुति र हल्का मुड फ्रेस गर्ने काठमाडौको कोलाहलबाट अलिकति खुला र प्रकृतिक रमणीय ,उमङको वातावरण पनि चाहिएको छ। यस्तो अवस्थामा उपयुुक्त गन्तव्य हुनसक्छ टोखाको टोखा केब मिनि फनपार्क। रिङरोडबाट करिब ३ किमि उतरीभेगमा अवस्थित छ यो फनपाक यहाँ स्वमिङको लागि बालबालिका देखि सबै उमेरको मानिसका लागि पौडि खेल्न सुविधा सम्पन्न पौडि पोखरी रहेको छ।बालबालिका लागि खेलन राम्रो रहेको छ। यश फनपाकमा ऐतिहासिक सांस्कृतिक नगर टोखाको विभिन्न सम्पदा झल्किने चित्र ओखल चाकु स्तम्भ रहेको छ। वरिपरि रहेको भुतखेल चौर छेउका हरियाली जंगलले रमणिय स्थल देखिन्छ । पार्कमा पुग्ने जो कसैलाई पनि त्यहा भएको वातावरणले मन लोभ्याउने गरेको छ। अहिले गर्मीको समयमा काठमाडौ लगाएत विभिन्न ठाउँ बाट यश फन पार्कमा पौडि खेल्न मानिसहरु आउने गरेको र एकपटक आएका मानिसहरु दोहोर्याए आउने गरेको पार्कका सञ्चालक सदस्य सुसान्त डङ्गोलले बताए ।
१ बैशाख २०८०, शुक्रबार