तारकेश्वर नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने

तारकेश्वर माघ २० । तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाले जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तारकेश्वर नगरपालिका भित्रका दिर्घरोगको औषधी सेवन गरिरहेका जेष्ठ नागरिकहरुलाई ध्यानमा राखेर घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताए ।

तारकेश्वर नगरपालिकाको ११ ओटै वडाका जेष्ठ नागरिकहरुलाई घरमानै पुगेर निशुल्क औषधी वितरण गर्ने र नगरपालिका भित्रका सम्पूर्ण वडामा नाक कान घाँटी रोगका बिरामीको उपचारका लागि कार्यक्रम ल्याउन लागिएको स्वास्थ्य शाखा प्रमुख शाहले बताए।