क्यालिफोर्नियामा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

तारकेश्वर १९, चैत । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ ।

घटनामा गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएको प्रहरीले जनाएको छ ।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना भएको बताइएको छ ।

प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको प्रहरीले बताएको छ ।

घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन ।
क्यालिफोर्नियामा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको स्रोतले बताएको छ ।