भारतमा थप २ लाख ५६ हजारमा संक्रमण : १७ सय ५० भन्दा बढीको मृत्यु

तारकेश्वर ७, वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तिव्र रुपमा फैलिदै गएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९ सय ४७ जनामा संक्रमण भएको छ ।
यसअघि ९सोमबार० वैशाख ६ मा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३ सय ६ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३१ लाख ३ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९ सय ४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ ।
७ बैशाख २०७८, मंगलवार