भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६२ हजार ७ सय २७ मा संक्रमण, ४ हजार १ सय ३६ को मृत्यु

काठमाडौं, ३१ वैशाख । भारतमा कोरोनाको दोस्रो लहरले महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो पाँच दिनमा महाराष्ट्रमा करिब ५० हजार नयाँ संक्रमित थपिएका छन् ।भारतमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या पुनः बढेर साढे तीन लाखभन्दा बढी भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरानाका तीन लाख ६२ हजार ७ सय २७ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार १ सय ३६ जनाको निधन भएको छ ।
महाराष्ट्र, कर्नाटक, यूपी, दिल्लीसहित विभिन्न राज्यको अवस्था भयावह नै छ ।यद्यपि, पहिलाको तुलनामा दिल्ली, महाराष्ट्रसहित भारतभरी नै कोरोनाको दोस्रो लहर अहिले कम हुन थालको अनुभव गरिएको छ ।