विश्वमा कोरोना सङ्क्रमण घट्दै
काठमाडौं, ५ जेठ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गइरहेको छ । तर कोरोनाकै कारण हुने मृत्युको दर भने उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा पाँच लाख ९७ हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित थपिए । विश्वमा सङ्क्रमित सङ्ख्या १६ करोड ४८ लाख ६९ हजार सात सय १५ पुगेको छ ।
सङ्क्रमितमध्ये १४ करोड ५० लाख सात हजार ८१ जना उपचारपछि निको भएका छन् । एक करोड ६४ लाख ४५ हजार १६ जनाको उपचार भइरहेकोमा एक लाख आठ सय ६२ जनाको अवस्था चिन्ताजनक छ ।
विश्वमा दैनिक कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने बढिरहेको छ । एकै दिन १३ हजार तीन सय ९५ जनाको मृत्यु भयो । अघिल्लो दिन १० हजार दुई सय २१ जनाको मृत्यु भएको थियो ।
अघिल्लो दिनको भन्दा तीन हजार बढी सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३४ लाख १७ हजार छ सय १८ पुगेको छ ।
सङ्ख्यात्मक हिसाबमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन २५ हजार आठ सय ५१ जना नयाँ बिरामी थपिए ।
सङ्क्रमित सङ्ख्या तीन करोड ३७ लाख ७३ हजार दुई सय ९० पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७२ लाख ४७ हजार दुई सय छ जना उपचारपछि निको भएका छन् ।
५९ जना २४ हजार सात सय ८२ जनाको उपचार भइरहेकोमा सात हजार सात सय ५१ जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र सात सय चार जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म छ लाख एक हजार तीन सय दुई जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।