अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु

जेठ १०, एजेन्सी। अमेरिकाको ओहायोको योङ्स टाउनमा गोली चल्दा तीन जनको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, “आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।

१० जेष्ठ २०७८, सोमबार