भारतमा एक लाख ६३६ जना संक्रमित थपिए

काठमाडौं, २४ जेठ । भारतमा कोभिड १९ का एक लाख ६३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८९ लाख नौ हजार ९७५ पुगेको छ । हालसम्म दुई करोड ७१ लख ५९ हजार १८० जना कोरोनामुक्त भएका छन् ।

भारतमा हाल १४ लाख एक हजार ६०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा दुई हजार ४२७ सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४९ हजार १८६ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

गत् जनवरी १६ मा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु भए यता हालसम्म २३ करोड २७ लाख ८६ हजार ४८२ जनाले खोप लगाएका छन् ।