कांग्रेस महाधिवेशन : काठमाडौं क्षेत्र नं. ६ प्रदेश (ख) क्षेत्रीय सभापतिमा तिमिल्सिनाको उम्मेद्वारी

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस काठमाडौंका सकृय नेता बिष्णु भक्त तिमिल्सिनाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं. ६ प्रदेश (ख) बाट क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ६ प्रदेश सभा (ख) को क्षेत्रीय सभापतिमा आफूले उमेद्वारी दिएको नेता तिमिल्सिनाले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका तिमिल्सिना १६ वर्षे कलिलो उमेरमा नै नेविसंघमा स्थापित भइसकेका थिए ।

कलिलो उमेरमा नै पञ्चायत विरुद्धको आन्दोलनमा होमिएका तिमिल्सिनाले २०४६ सालको सशस्त्र विद्रोहमा सक्रिय भूमिका निभाएका थिए ।

No description available.

देशमा जनताको हक अधिकार प्राप्तिको लागि अनवरत रूपमा आन्दोलनमा होमिएका तिमिल्सिना २०६२-६३ को जनआन्दोलनमा घाइते भएको र शाही सेनाबाट पटकपटक हिरासतमा परेका थिए ।

निरन्तर सामाजिक क्रियाकलापमा संलग्न समाजसेवी तिमिल्सिना २०६७ सालमा तत्कालीन धर्मस्थली गाउँ विकास समितिको सभापतिसमेत भईसकेका छन् ।

समाजिक विकासमा अग्रसर र जनप्रिय नेता भएकै कारण काठमाडौंका तत्कालीन वडा गाविस सभापतिहरु मध्ये सर्वोत्कृष्ट सभापतिको रुपमा सम्मानितसमेत भएका थिए ।

देश संघियतामा आएसँगै भएको २०७४ को पहिलो प्रदेश सभा र प्रतिनिधि सभाको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा (ख) बाट प्रदेश सभा सदस्यमा उमेद्वारी दिएका तिमिल्सिना प्राविधिक कारण थोरै मतान्तरले पराजित भएका उनले अधिकतम भोट प्राप्त गरेका थिए ।

No description available.

सामाजिक सेवामा आबद्ध तिमिल्सिनाले क्षेत्र नं. ६ को सामाजिक क्रियाकलाप, सम्पदा संरक्षण, भौतिक विकास, शैक्षिक क्षेत्रको सुधार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।

नेपाली कांग्रेसमा आफ्नो राजनैतिक पहिचान बनाएका तिमिल्सिना जिल्लामा नै कांग्रेसी युवाहरुको ढुकढुकी बनेका छन् ।

समाजिक क्रियाकलाप र समाजसेवामा नै समर्पित भएकै कारण तिमिल्सिना पार्टी भित्र र बाहिर उतिकै चर्चामा रहेका छन् ।

जिल्लाभरीमै आफ्नो प्रभाव राख्न सक्ने नेता तिमिल्सिना कुशल नेता भएकै कारण सबै धारका नेताहरुको नजरमा बस्न सफल भएका छन् ।

गत निर्वाचनमा जीतको संघारमा पुगेर पनि हारमा काठमाडौं क्षेत्र नं. ६ मा कांग्रेसलाई जितको महशुस गराएका तिमिल्सिनाले युवाहरुको नेतृत्व गर्दै क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका हुन् ।

पार्टीमा बौद्विक नेता मानिने तिमिल्सिना समग्र राजनैतिक विश्लेषकका साथै प्रतिपक्षसँग पनि बहस गर्ने खुबी भएका नेता हुन् ।

कांग्रेस पार्टीको लोकतान्त्रीक पद्धती र प्रक्रियामा आफूलाई उभ्याउने पार्टी भएकोले आफ्नो मतको सहि सदुपयोग गर्न उनले क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

No description available.