न्यायका लागि मानवअधिकार संजालको संयोजकमा अर्याल

काठमाडौं, १५ साउन । नेपाल मानव अधिकार संगठनका निवर्तमान अध्यक्ष अधिवक्ता ईन्द्रप्रसाद अर्याल न्यायका लागि मानवअधिकार सन्जालको संयोजकमा चयन भएका छन् ।

बुधवार राजधानीमा आयोजित एक कायक्रम मार्फत मानवअधिकार र न्यायका बारेमा पैरवी र पहल गर्न स्थापित सञ्जालको सदस्य सचिवमा कोक्यापका पूर्व अध्यक्ष एवं अधिवक्ता बद्री प्रसाद भूषाल र सदस्यमा एम्नेष्टी ईन्टरन्शनल नेपाल शाखाका पूर्व सभापति एव पत्रकार राजन कुईकेल चयन हुनुभएको छ।

देशमा नागरिक समाज, न्यायकर्मी, मानवअधिकारकर्मी मुकदर्शक बन्दै गइरहेको अवस्थामा मानवअधिकार रक्षाका लागि एउटा बुलन्द आवाज उठाउन पर्ने आवश्यक्ता महशुस गरेर आफु निरन्तर रुपमा न्यायको पक्षमा सक्रिय रहेको संयोजक अर्यालले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद प्रदिप गिरि, वरिष्ठ मानवअधिकारवादी कपिल श्रेष्ठ, नेपाल चिकित्सक संघका पूव अध्यक्ष तथा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी लगायत सहभागी भएका थिए ।

१५ श्रावण २०७७, बिहीबार