लुकिछिपी गोसाईंकुण्ड छिर्नेलाई प्रवेशविन्दुबाटै फर्काइने रसुवा प्रशासनको चेतावनी

तारकेश्वर, १६ साउन । जनैपूर्णिमा नजिकिँदै गरेपनि यसवर्ष कोभिड १९ को संक्रमण जोखिमका कारण प्रसिद्ध गोसाईकुण्ड मेला आयोजना नहुने निर्णय भैसकेको छ ।

तथापी कतिपय मान्छे बिना पास लुकिछिपी गोसाईंकुण्ड तर्फ हिँडेको खण्डमा उनीहरुलाई जिल्ला प्रवेश बिन्दुबाटै फर्काइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीवार एक सूचना जारी गर्दै संक्रमण जोखिमलाई न्यूनीकरण गर्न यसवर्ष गोसाईंकुण्ड मेला आयोजना नहुने प्रष्ट्याएको हो । यसका बाबजुदपनि पनि गोसाईकुण्ड हिँडेका भक्तजनलाई जिल्ला प्रवेशबिन्दुबाटै फर्काइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।