अत्यावश्यक बाहेकका पसल र आवतजावत बन्द गर्न तारकेश्वर नगरको अनुरोध
तारकेश्वर, ३० साउन । नगरको विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित फेला परेसँगै तारकेश्वर नगरपालिकाले उच्च सावधानी अपनाउन नगरवासीलाई अपिल गरेको छ ।
नगरपालिकाले एक सूचना प्रकाशन गर्दै संक्रमण जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका पसल व्यवसाय बन्द गर्नपनि आग्रह गरेको छ । नगरले अत्यावश्यकीय खाद्य सामाग्री, तरकारी, ग्याँस, दुग्धजन्य पसल, पोलिक्लिनिक तथा औषधि पसल बाहेकका व्यवसाय बन्द गर्न अपिल गरेको हो । नगरपालिकाका मेयर रामेश्वर बोहोराले जारी गरेको अत्यावश्यक बाहेकका पसल बन्द गर्ने सम्बन्धी सूचना अनुसार नगरक्षेत्रभित्र अनावश्यक रुपमा घरबाहिर हिँडडुल नगर्नपनि आग्रह गरिएको छ ।
हेरौं नगरको सूचना