बालाजुको जनमैत्री अस्पताल तत्काल सञ्चालन गर्न वडा कार्यालयको निर्देशन

तारकेश्वर, ३० साउन । लामो समयदेखि सञ्चालन हुन नसकेको बालाजुस्थित जनमैत्री अस्पताललाई तत्काल सञ्चालनमा ल्याउन स्थानीय वडा कार्यालयले निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ ले अस्पताललाई सञ्चालनमा ल्याएर कोभिडको जोखिम व्यवस्थापन गर्न अस्पताल सञ्चालकहरुलाई आग्रह सहित निर्देशन दिएको हो । १६ नं का वडाध्यक्ष मुकुन्द रिजालले सो वडामा कोरोना भाइरस संक्रमित देखिन थालेको भन्दै तीनलाई र सम्भावित जोखिम व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको बताए ।

अस्पताल सञ्चालनमा ल्याउन केही समस्या भए वडा कार्यालय र महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता पनि अस्पताल सञ्चालकलाई दिइएको पत्रमा उल्लखे छ । वडा कार्यालयले उक्त पत्रको बोधार्थ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, बालाजु र सोह्रखुट्टेको प्रहरी वृत्त, स्वास्थ्य मन्त्रालय लगायत निकायलाई पठाएको छ ।

यस्तो छ वडा कार्यालयले अस्पताल सञ्चालकलाई दिएको पत्र

३० श्रावण २०७७, शुक्रबार