काठमाडौं जिल्ला प्रशासनले भदौ १५ सम्मलाई निषेध गर्यो यस्ता गतिविधि

तारकेश्वर, ३० साउन । काठमाडौं उपत्यकामा कोभिड(१९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्नका लागि कडाई गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन भन्दै निश्चित गतिविधिमा निषेध गरेको हो। आजै राति १२ बजेदेखि लागु हुने गरी भदौं १५ सम्मका लागि काठमाडौं जिल्लाभर तोकिएका गतिविधिमा निषेध गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरेका छन् ।
‘स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम देहाय बमोजिमका गतिविधिहरु गर्न निषेध गर्ने गरी आदेश गरिएको छ। जारी आदेशमा भनिएको छ ‘प्रस्तुत आदेश विपरीतका कुनै गतिविधि भएमा सोही ऐन बमोजिम कारबाही गरिनेछ।’
निषेधित गतिविधिहरु
- खुल्ला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,
- भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न,
- दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु,
- उद्योग व्यापाररव्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु,
- चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु,
- शैक्षिक संस्थाहरु सञ्चालन गर्न,
- सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न,
- फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडारसाइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय, कबाडी संकलन गर्न,
- उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकरकामदारको ओसार पसार गर्न,
- टेक वे बाहेक होटल ररेष्टुराँ सञ्चालन गर्न।