नुवाकोटका नेकपा नेता श्रेष्ठद्वारा स्वास्थ्य सामग्री सहयोग

नुवाकोट, १० भदौ । नेकपा नुवाकोटका नेता तथा समाजिक अभियन्ता पुर्णलाल श्रेष्ठले कोभिड १९ नियन्त्रणमा आवश्यक पर्ने सामाग्री स्वास्थ्य संस्थालाई सहयोग गरेका छन् ।
नुवाकोटको शिवपुरी ६ गुर्जे हेल्थ डेक्स, लिखु गाउँपालिकाको चौघाडा हेल्थपोष्ट, त्रिशूली हस्पिटल र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा श्रेष्ठले बुधवार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।प्रदान गरेको स्वास्थ्य सामाग्रीमा ४५ थान पिपिई, २ सय थान चस्मा, १ सय ५० थान पञ्जा रहेको छ। उक्त स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रममा नेकपा नुवाकोटका नेता प्रदिप पाठक (सुमन) लगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।
१० भाद्र २०७७, बुधबार