तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु, १६ जना निको

तारकेश्वर, ११ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं ११ नेपालटारमा एकजना ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको बिहीवार किष्ट अस्पतालमा मृत्यु भएको हो । ती व्यक्तिको मृत्यु भएको तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई जानकारी दियो । ती व्यक्तिलाई भदौ ९ गने कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै तारकेश्वर नगरपालिकामा हालसम्म १६ जनाले कोरोना संक्रमणलाई जितेको नगरको स्वास्थ्य शाखाले जानकारी दिएको छ । निको हुनेमा वडा नं ४ गोलढुंगाका १ जना, वडा नं ५ गोलढुंगाकै ५ जना, वडा नं १० मनमैजुका ५ जना र ११ नं वडा नेपालटारका १ जना रहेका छन् ।
नगरमा हालसम्म जम्मा ७७ जनामा कोरोना संक्रमण देखिएकोमा ५९ जना सक्रिय संक्रमित रहेका छन् । नेपालटारका व्यक्तिले ज्यान गुमाएसँगै नगरमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको हो ।
११ भाद्र २०७७, बिहीबार