नुवाकोटको शिवपुरीमा ७ जनालाई कोरोना, निषेधाज्ञा कडा बनाइयो

नुवाकोट, ११ भदौ । नुवाकोटको शिवपुरी गाउँपालिकामा ७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

गाँउपालिकाको ६७ जनामा गरिएको पिसिआर टेष्टमा ७ जनालाई पोजेटिभ देखिएको हो । गाउँपालिकाको वडा नं १ मा १ जना, वडा नं ४ मा २ जना, वडा नं ५ मा ३ जनालाई कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिइसकेको भन्दै गाउँपालिकाले तत्काल कन्ट्याक्ट ट्रेसिङ्गमा सहयोग गर्न र स्थानीय जनतालाई निषेधाज्ञा पालना गरि सुरक्षित भएर बस्न अपिल गरेको छ ।

११ भाद्र २०७७, बिहीबार