तारकेश्वरमा कोरोना संक्रमित सयजना नाघे, मनमैजुका दुईवडामा ५१ जना

तारकेश्वर, १४ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय ५ जना पुगेको छ ।

नगरमा संक्रमितको संख्यामा अघिल्लो हप्तादेखि दैनिक रुपमा वृद्धि हुने क्रम बढेको छ । आइतवार सम्ममा उक्त संख्यामा कोरोना फैलिएको नगरको स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई जानकारी दिएको छ। त्यसमध्ये निको हुनेको संख्या २५ मृत्यु हुने एक, सक्रिय संख्या ७९ रहेको छ। त्यस्तै ५ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको छ भने ३८ जनाको कन्टयाक ट्रेसिङ पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ।

मनमैजुमा ३९ जना संक्रमित
नगरपालिकाको वडा नं १० मनमैजुमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । सो वडामा १८ महिला र २१ जना पुरुषलाई भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै तानपा ५ गोलढुंगामा १३ जना, ८ नं मनमैजुमा १२ र ११ नं वडा नेपालटारमा १५ जनालाई संक्रमण भएको छ । ११ नं वडाका एक बिरामीको अघिल्लो साता किष्ट मेडिकल कलेजमा मृत्यु भएको छ ।

१४ भाद्र २०७७, आईतवार