काठमाडौंमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायातपनि चल्ने
काठमाडौं, २४ भदौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको छलफल र गृह मन्त्रालयको निर्देशन बमोजिम प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोरका आधारमा सार्वजनिक सवारीसाधन पनि चल्न दिर्ने निर्णय गरिएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै रोजगारीका क्षेत्र खोल्ने सरकारले नीति लिएको हो । यद्यपी जिल्ला प्रशासनले चाडपर्व, भेला, गोष्ठीजस्ता कार्यक्रम भने खोल्न नदिने जनाएको छ ।
हेरौं जिल्ला प्रशसनले जारी गरेको आदेश