उच्चस्तरीय संसदीय कोभिड-१९ अनुगमन समिति बनाउन काठमाडौंका सांसदहरुको माग
तारकेश्वर, २७ भदौ । काठमाडौबाट प्रतिनिधी सभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त टोलीले कोभिड १९ ले उत्पन्न कठिन अवस्थामा संसदीय समितिहरुलाई क्रियाशिल बनाउन मा गरेका छन् ।
शुक्रवार काठमाडौंका सांसदहरु भिमसेनदास प्रधान, शशी श्रेष्ठ, गगन थापा,राजेन्द्र श्रेष्ठ, राजेन्द्र केसी, रामकुमारी झाँक्री, दिब्यमणी राजभण्डारी लगायतले सभामुख अग्नीप्रसाद सापकोटालाई भेट्दै महामारीको प्रकोपबाट जनतालाई बचाउन र नियन्त्रण गर्न संसदीय समितिहरुलाई कृयाशील बनाउनुका साथै सभामुखको संयोजकत्वमा उच्चस्तरीय संसदीय कोभिड १९ अनुगमन समिति बनाउन माग गरेको काठमाडौं ६ का सांसद भिमसेनदास प्रधानले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
सांसदहरुले कोभिड १९ महामारीका कारण जनस्वास्थ्य चुनौति,भोकमारी,बेरोजगारी, श्रमिक समस्या, उद्योगधन्दा, शैक्षिकसंस्था बन्दाबन्दी एवं सबैको ब्यवस्थापनमा देखिएका बेथिती र भ्रष्टाचार नियन्त्रणका लागिप उच्चस्तरीय कोभिड १९ संसदीय अनुगमन समितिको आवश्यक्ता देखिएको सांसदहरुको भनाइ छ ।
भेटका क्रममा सभामुखले सवै दलका शीर्ष नेता एवं मुख्य सचेतक सहितको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाई पहल गर्ने आश्वासन सांसदहरुलाई दिएका थिए ।