नेपाल सुनचाँदी कला व्यवसायी सघंद्वारा रक्तदान कार्यक्रम आयोजना
तारकेश्वर, १७ असोज । नेपाल सुनचाँदी कला व्यावसायी सघं केन्द्रीय कार्यालयले शनिवार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
आज महाराजगन्जमा संघले राखेको कार्यक्रममा ७२ जनाले रक्तदान गरे ।कोभिड १९ को कारणले गर्दा रगतअभाव भएकाले रक्तदान जीवनदान भन्ने भावनाका साथ रगत अभाव न्यूनिकरण गर्न कार्यक्रम आयोजना गरेको नेपाल सुनचाँदी कला व्यावसायी संघका अध्यक्ष केशर सेञ्चुरीले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।
१७ आश्विन २०७७, शनिबार