तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १२५६ पुग्यो, कुन वडामा कति ?

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य शाखाको तथ्यांक अनुसार हालसम्म जम्मा ३२६६ जनाको पीसीआर परिक्षण गर्दा ३५४ महिला र ७२२ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण मुक्त हुनेको संख्या ३५४ जना रहेका छन् । जसमा १५५ महिला र १९९ जना पुरुष रहेका छन् । ५ जनाको मृत्यु भएको छ ।

संक्रिय संक्रमितको संख्या ८९७ जना रहेका छन् । जसमा होम आइसोलेसनमा ८४१ जना रहेका छन् । वडा नं १ मा २१ जनामा संक्रमण देखिएकोमा १२ जना संक्रमण मुक्त भएका छन् ।

वडा नं २ मा ५३ जनामा संक्रमण देखिएकोमा १३ जना संक्रमण मुक्त भएका छन् । वडा नं. ३ मा २९ जनामा संक्रमण देखिएकोमा ८ जना निको भएका छन् ।

त्यस्तै वडा नं. ४ मा ११८ जनामा संक्रमण देखिएकोमा ३२ जना निको भएका छन् । वडा नं. ५ मा १०७ जनामा ३४ जना निको भएका छन् । वडा नं. ६ मा १०५ जनामा कोरोना देखिएकोमा २७ जना निको भएका छन् ।

वडा नं. ७ मा ५८ जना संक्रमित मध्ये १२ जना निको भएका छन् । वडा नं. ८ मा १४२ जना संक्रमित मध्ये ३५ जना निको भएका छन् । वडा नं. ९ मा १८० जना संक्रमित मध्ये ४७ जना निको भएका छन् ।

वडा नं. १० मा २०० जना संक्रमित मध्ये ८१ जना निको भएका छन् । वडा नं. ११ मा २४३ जना संक्रमित मध्ये ५३ जना निको भएका छन् ।

५ कार्तिक २०७७, बुधबार