पूर्वराजालाई प्रधानको चुनौती:’नारा जुलुस गरेर राजतन्त्र फर्किँदैन्, पार्टी खोलेर प्रतिस्पर्धामा आउनुहोस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोल्न चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधाननले प्रधानले अहिले राजतन्त्र फर्काउनुपर्छ भनेर भैरहेको जुलुस तथा प्रदर्शनलाई लिएर गम्भिर टिप्पणी गरेका छन् ।

उनले भने,‘ यो सबै धमिलो पानीमा माछा मार्ने खेल हो । अब नेपालमा राजतन्त्र फर्किँदैन् । म च्यालेन्ज गर्छु । गणतन्त्र, धर्मनिरपेक्षता हाम्रो एजेण्डा हो । हामीले बोकेर यी परिवर्तनका आएको हुन् । राजालाई पार्टी खोल्न चूनौति दिन्छु । त्यो हो डेमोक्रेसी हो । नीति तथा कार्यक्रम, भिजनसहित आउनुपर्यो । तलबाट उठेर आउनुपर्छ ।’

त्यस्तै नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाईदा हाँसिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको सेनाले सिमामा त्यति चासो नलिएको बताएका छन्।

उनले भने,‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ ।

सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् । नेपालले आफ्नो हितमा काम गर्नुपर्छ ।’ नेता प्रधानले भारत र चीनसँग कुनैपनि किससमको शंका÷उपशंका गर्न नहुने जोड दिए।

नेकपाभित्रको विवादबारे संकेत गर्दै उनले वर्तमान सरकारलाई आफ्नो म्याण्डेटअनुसार चल्न दिनुपर्नेमा जोड दिए । उनले भने,‘पार्टी अध्यक्षलाई निर्वाध रुपमा चलाउन दिनुपर्छ । अहिले सबै पार्टीमा समस्या छ । हारेपछि हार्नेले पनि भाग खोज्ने प्रवृत्ति देखियो । वर्तमान प्रधानमन्त्री केपी ओलीको मूल्यांकन पाँच वर्ष पछि हुने हो ।

हुन त यो सरकारले केही पनि गरेको छैन् । देशमा कम्युनिष्ट पार्टी सरकारमा छ, उसको शासन छ, यो शासनमा मजदुर जनताको हित गर्ने हो नि । तर, खोई कहाँ उनीहरुको हित भएको छ रु दैनिक ज्यालादारी र मजदुरी गरेर खानेहरु कसरी बाँच्छ रु सरकराले हेर्नुपर्दैन् रु यो सरकारसँग कोही पनि सन्तुष्ट छैनन्।’

उनले आफ्नो पार्टीभित्र पनि विवाद भएको सुनाए । यद्धपी आफ्नो पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको सुनाए । उनले भने,‘हाम्रो लडाईँ त ईस्युमा हो । केपी ओलीले युवाहरुलाई नेतृत्व दिने भनेका छन् ।

मैले पनि युवा साथीहरुलाई नेतृत्व लिन तयार हुनुपर्छ भन्दै आएको छु, हाम्रै पार्टी युवा नेताहरुलाई लड्न भनेको छु । युवाहरुले आँट गरेका छैन् । म त बीचमा छु । ७० पुगेको छैन, ६० वर्ष नाघिसकें । अर्को कुरा सभापति उठ्न क्रेज पनि चाहियो नि।’

 

१५ मंसिर २०७७, सोमबार